play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

आज देखि सौराहामा फुड फेष्टिवल पर्यटकको चलहपहल सुरु

0

चितवन २८ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा फूड फेष्टिवल आज देखि सुरु हुदैछ । रत्ननगर ७ स्थित सिसुवार चौरमा दिउसो २ बजे पुर्व अर्थमन्त्री एवंम प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फेष्टिवलमा केहि बेरमा शोभायात्रा निकालिने छ । शोभायात्रा सौराहा स्थित राप्ती नदि किनारबाट सुरु हुनेछ । शोभायात्रामा करिब ३ हजार मान्छे सहभागी हुने संयोजक ध्रुव गिरीले जानकारी दिए । राप्ती किनार हुँदै गैंडा चोक, हात्तीचोक,चराचोक हुँदै फेष्टिवल स्थलमा पुग्ने छ । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देश्य राखि फेष्टिवल आयोजना गर्दै आएको छ । फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् । फुड फेष्टिवलकै कारण सौराहामा पर्यटकको चहलपहल सुरु भइसेको छ ।

Share.

Leave A Reply