play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आजदेखि सौराहामा १३ औँ सौराहा फुड फेष्टिवल सुरु हुदै, पुर्वअर्थमन्त्री पाण्डेले उद्घाटन गर्ने

0

माघ २८, आजदेखि चितवनको पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा फुड फेष्टिवल सुरु हुदैछ ।रत्ननगर ७ स्थित सिसुवार चौरमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले हुन लागेको फेस्टिवलको आज एक भब्य कार्यक्रमका बीच पुर्व अर्थमन्त्री एवंम प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्था क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।फेष्टिवलको उद्घाटन अघि शोभायात्रा निकालिदै छ । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरीक पर्यटक प्रर्वद्धन गर्ने उदेश्य राखी फेस्टिवल आयोजना गर्दै आएको छ । फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रर्दशनी स्टल रहने छन् ।संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर बृद्धि गर्ने फेष्टिवलको उद्देश्य रहेको फेस्टिवल संयोजक धु्रव गिरीले वताए ।
फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले वताए ।फेष्टिवलबाट भएको आम्दानीबाट आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालन सञ्चालन गर्ने, सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले वताए ।

Share.

Leave A Reply