play_circle_outline On Air

मनको मझेरी

play_circle_outline On Air

मनको मझेरी

गोलरहित बराबरीमा रोकियो बार्सिलोना,युभेन्टसको सहज जित

0

माघ २८, स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले बार्सिलोनाले रियलसँगको दूरी आठ अकंमा पुर्‍याउने मौका गुमाएको छ । एथ्लेटिक क्लबको मैदानमा भएको खेलमा बार्सिलोनाले पुरै खेल नियन्त्रणमा लिए पनि दश खेलाडीमा झरेको घरेलु टिम विरुद्ध गोल गर्न सकेन ।

बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध चारवटा सुन्दर मौका गुमाएको थियो । जसमा दुई पटक लियोनल मेसी चुके भने एक पटक लुइस स्वारेज असफल भए । यो सिजन लिगमा छैटौं पटक बराबरी खेलेको बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ ।
उता इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन शून्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्‍याएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शून्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्‍याे ।यसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए ।

यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो । जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ ।

Share.

Leave A Reply