play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भरतपुरको बुद्धचोकमा अखण्ड स्माईल डेन्टल क्लिनिक

0

माघ २७, भरतपुर

बुद्धचोकमा अखण्ड स्माईल डेन्टल क्लिनिक सन्चालनमा आएको छ ।

क्लिनिकको  नेपाल डेन्टल एसोसिएसन चितवन अध्यक्ष तथा अलाईभ हस्पिटलकी प्रबन्ध निर्देशक बिस्णुमाया खरेलले आज (शुक्रवार) एक कार्यक्रमका विच उद्घघाटन गरिन । ब्याचलर ईन डेन्टल सर्जरी ( बि.डि.एस. ) गरेका डा. लक्ष्मण पौडेलले  भरतपुर ७ को बुद्धचोमा डेन्टल क्लिनिक सन्चालनमा ल्याएको हुन । पौडेलले नेपाल सरकारमो छात्रवृत्ति कोटामा पाकिस्तानबाट ब्याचलर ईन डेन्टल सर्जरी ( बि.डि.एस. ) गरेका थिए । अखण्ड स्माईल डेन्टल क्लिनिक सन्चालक पौडेल संग पाकिस्तानमानै झण्डै डेढ बर्ष र दुई बर्ष नेपालमानै डेन्टल सेवा प्रदान गरेको अनुभव पनिछ ।

पाकिस्तान मा गएर अध्ययन गरेको भएपनी विदेशमा सिकेको सिप आफ्नै ठाउमा प्रयोग गर्ने उद्धेश्यले क्लिनिक सन्चालनमा ल्याएको पौडेलले बताए । अत्याधुनिक उपकरण सहित संचालनमा आएको क्लिनिकमा मुखको क्यान्सरको जाँच, दाँत भर्ने, नया दाँत राख्ने , दाँत चम्काउने , बाङ्गो टिङ्गो दाँत मिलाउने, गिजा पाकेको , हर्ष , दाँत चिलाउने रोगको उपचार साथै दाँत सम्बन्धी आवस्यक सम्पुर्ण सेवा सहित विशेषज्ञ डाक्टरहरु द्वारा परामर्श समेत प्रदान गरिने सन्चालक पौडेलले बताए । क्लिनिकको उद्घघाटन कार्यक्रममा भरतपुर ७ का वार्ड अध्यक्ष राजेन्द्रमणि काफ्ले , भरतपुर ५ का वार्ड अध्यक्ष पदमपाणि सुवेदी , वार्ड सदस्य हरु टोलबिकाश संस्थाका प्रतिनिधीहरु र समाजसेवी हरुको उपस्थिती रहेको थियो। उक्त क्लिनिक भरतपुर ७ को एक मात्र डेन्टल क्लिनिक हो ।

Share.

Leave A Reply