play_circle_outline On Air

मनको मझेरी

play_circle_outline On Air

मनको मझेरी

कण्डमको सही प्रयोग गराउन अभिमुखीकरण

0

 

शिव गौतम,
माघ २७, भरतपुर
भरतपुर अस्पतालको ए.आर.टी. सेन्टरले अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । हालसम्म पनि नेपालमा मान्छेहरू कण्डमको बारेमा खुलेर बोल्न लजाउने गरेको भन्दै उसले त्यसको सुरुवात गर्न लागेको हो । आज अस्पतालमा पत्रकार भेटघाट गरी उसले अन्तरक्रिया पनि गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले कण्डम सम्बन्धी गलत धारणा हटाउन अभियान थालिएको बताउनुभयो । कण्डम प्रयोग गरी यौन सम्पर्क गर्दा यौनजन्य रोग सर्ने सम्भावना कम हुन्छ भनेर सबैलाई बुझाउन आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । कण्डमलाई गर्वनिरोधक वस्तुको रूपमा मात्र लिनु गलत भएको उहाँले दाबी गर्नुभयो । यौन पनि प्रेमको अंश भएको भन्दै उहाँले यौनलाई सुरक्षित बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । ए.एच.एफ. नेपालसँग मिलेर आफूहरूले फ्रेबुअरी १३ तारिख (फाल्गुन १ गते)का दिन ए.आर.टी. परिसरमा युवा केन्द्रित अभिमुखीकरण कार्यक्रम पनि राखेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी माघ २८ गते जनचेतना फैलाउन भरतपुरका केही भित्री सडकमा अटोरिक्सा र्याली गरिने पनि सेन्टरले जनाएको छ । अन्तरक्रियामा उपस्थित हुनुभएका ए.आर.टी. का सिनीयर रिजनल कोअर्डिनेटर कृष्ण हरि सापकोटाले कण्डमको सही प्रयोग कसरी गर्ने भन्ने विषयमा जानकारी संप्रेषण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा कण्डम नि: शुल्क पाइनुपर्ने भन्दै सन् २०१८ मा मात्रै सेन्टरले देशभर ९६ हजार १ सय ६० कण्डम वितरण गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । सेन्टरका अनुसार त्यसै समयमा भरतपुर अस्पतालमा १६ हजार ६ सय ८४ जनाले नि: शुल्क एड्स परीक्षण गराएकामा १ सय ११ जनामा रोगको संक्रमण भेटिएको थियो । हरेक वर्षको ‘भेलेन्टाइन डे’को अघिल्लो दिन अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइने गरेको छ । ए.एच.एफ. ले नेपालमा पनि ‘सेफर इच सेक्सी’ (सुरक्षित नै सुन्दर) नारा लिएर काम गर्दै आएको छ ।

Share.

Leave A Reply