आज मौसम सफा, भोलिदेखि बदलीको सम्भावना

0

माघ,२७ ।
केहीदिनदेखि भैरहेको लगातार वर्षा र हिमपातपछि आज मौसम सफा भएको छ । आज काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले दिनुभएको जानकारी अनुसार पश्चिमी भेगमा आज पनि आंशिक बदलीको सम्भावना रहेको छ । उहाँका अनुसार गएको बुधबार भित्रिएको पश्चिमी वायुको प्रभाव पूर्ण रुपमा हटेको भए पनि पश्चिमबाट फेरि आउन लागेको अर्को पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिन्छ । भोली देखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply