play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

थाइ राजाद्वारा प्रधानमन्त्री चुनावमा दिदीको उम्मेदवारीप्रति असन्तुष्टि प्रकट

0

माघ २६ । थाइल्यान्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताएका छन् ।राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीको दाबेदारी देशको संस्कृतिको विरुद्ध भएको बताएका हुन् ।राजाकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरत्नाले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेपछि राजाले असन्तुष्टि जनाएका हुन् ।
राजदरबारबाट जारी सन्देशमा राजकुमारी उबोलरत्नाले शाही उपाधि छाडे पनि एउटै वंशको सदस्य भएको र त्यस्ता सदस्यले राजनीतिमा आउनु परम्परा र संस्कृतिविरुद्ध हुने भएकाले यो अनुचित हुने उल्लेख छ ।सन्देशमा राजपरिवारलाई राजनीतिबाट टाढै राख्नुपर्ने संवैधानिक व्यवस्था भएकोसमेत उल्लेख छ । उबोलरत्ना स्वर्गीय राजा भूमिबोल अतुल्यतेजकी छोरी हुन् ।
यसअघि थाई राजपरिवार राजनीतिबाट टाढा रहँदै आएकोमा राजकुमारीको उम्मेदवारी घोषणाले यो परम्परा टुटेको छ ।विश्लेषकहरुले भने राजाको हस्तक्षेप भए आगामी मार्च २४ मा हुने प्रधानमन्त्री निर्वाचनको चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्नसक्ने बताएका छन् । यो निर्वाचनलाई पाँच वर्षको सैन्य शासनपछि थाइल्यान्डमा लोकतन्त्र पुनर्बहालीको अवसरका रुपमा लिइएको छ । थाई राक थाई पार्टीका नेता प्रिचापल पोङपानिचले सबै कुरा कानुन अनुसार हुने र उबोलरत्नका लागि विशेष अधिकार र सुविधा नहुने दाबी गरे ।अमेरिकी नागरिकसँग विवाह गरेर डिभोर्स गरेकी उबोलरत्नाले राजपरिवारको उपाधि भने विवाहलगत्तै त्यागेकी थिइन् । उबोलरत्नको उम्मेदवारीले सन् २०१४ मा सैन्य ‘कु’ मार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई धक्का लाग्ने आँकलन गरिएको छ । (एजेन्सी)

Share.

Leave A Reply