play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

निकिता पौडेलले राजीनामा दिइन्,तीन महिनाको तलब रवि लामिछानेले बनाउँदै गरेको अस्पताललाई दिने

0

माघ २२, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पष्टीकरण माग गरेसँगै उनले मंगलबार राजीनामा दिएकी हुन् । अध्यक्ष पौडेलले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको फेसबुकमा प्रेस वक्तव्यमाफर्त जानकारी दिएकी छिन् । उनलाई चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरिएको थियो । पत्राचार गर्दा पनि बोर्डमा उपस्थित नभएको र अनुपस्थितिबारे कुनै जानकारी पनि नगराएको भन्दै मन्त्रालयले स्पष्टीकरण मागेको थियो । उनी स्वीकृतिबिनै बिदा बस्ने गरेको र बैठकमा उपस्थित नहुने कारणले सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटा रुष्ट भएको बताइएको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६ का लागि चौमासिक समीक्षा बैठक राखेको राखेको थियो । तर, बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित थिइन् । चलचित्र विकास बोर्डको प्रगति सुनाउने कुरामा बोर्ड अध्यक्ष अनुपस्थित भएपछि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई यस विषयमा प्रश्न सोधेका थिए ।मन्त्रालयले बोर्डको काम सन्तोषजनक नभएका कारण पनि स्पष्टीकरण माग गरेको बुझिएको छ । पौडेलले हालैमात्र पत्रकार रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी थिइन् ।राजीनामासँगै पौडेलले आफूले पछिल्लो तीन महिनामा प्राप्त गरेको तलब रवि लामिछानेको संयोजकत्वमा बन्दै गरेको कालिकोटको रास्कोट अस्पताललाई दिने जनाएकी छिन् ।

Share.

Leave A Reply