play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि पुलिस अफिसरलाई

0

चितवन,माघ,२१ ।
टाइगर युवा क्लब भरतपुर महानगरपालिका ५ टाइगरचोकको आयोजनामा चलेको खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि जुनियर पुलिस अफिसर भरतपुरले उचालेको छ । आज भएको फाइनल खेलमा काली बहादुर गण भरतपुरलाइ ४–१ गोल अन्तरले पराजित गर्दै पुलिस बिजयी भएको हो ।’राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित माघ ९ गते देखि सुरु फुटबल प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको टाइगर युवा क्लबका अध्यक्ष देबराज तामाङ्गले जानकारी दिनुभयो । बुद्द धर्मावलम्बीको महान चाड मन्जुश्री सम्बत् २८५५ औ फाग ’ल्हो’ सोनाम ल्होछारको अवसरमा चलेको प्रतियोगितामा चारपट्टि युवा क्लब गुञ्जनगरलाइ ३–१ ले पराजित गर्दै पुलिस फाइनल प्रवेश गर्दा बाल्मिकी शिक्षा सदनलाइ १–० ले स्तब्ध पार्दै काली बहादुर गण फाइनल पुगेको खेल संयोजक प्रकाश तामाङ्गले जानकारी दिनुभयो । उपाधि उचाले संगै पुलिसले नगद रु.५० हजार १ सय ११ संगै ट्रफी मेडल प्राप्त गर्दा दोस्रो भएको काली बहादुर गणले २५ हजार १ सय ११ मा चित्त बुझाउनु पर्यो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ३ का सांसद विजय सुबेदीले खेलकुदमा प्रदेश सरकारले ठुलो लगानी गर्न लागेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply