नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागत गरिने

0

माघ २१, यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरिज जितेको नेपाली क्रिकेट टिम आज स्वदेश फिर्ता हुदै छ । २ साताअघि तीन वटा एक दिवसीय र तीन वटा टी–२० सिरिज खेल्न गएको नेपाली टोली दुवै सिरिज २–१ ले जितेर फर्कन लागेको हो ।नेपाली क्रिकेट टिम आज अपरान्ह साढे ३ बजे काठमाण्डौ आइपुग्ने छ । नेपालले सिरिज जित्दा ऐतिहासिक सफलता प्राप्त गरेको छ । आईसीसीले ४ वर्षलाई एक दिवसीय मान्यता दिएपछि दोस्रो सिरिज खेलेको नेपालले उपाधि नै हात पार्न सफल भयो । पहिलो सिरिजमा पनि नेपाल पराजित भएको थिएन ।
नेपाले पहिलो सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दा बराबरीमा फर्किएको थियो । यस पटक एक दिवसीय र टी–२० का सुरुका खेल हारे पनि लगातार दुई–दुई खेल जित्दै सिरिज नै आफ्नो पोल्टामा पार्न सफल भयो ।पारस खड्काको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरिएको छ ।नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा जारी बिग ब्याश लिग खेल्न यूएईबाट उतै जानेछन् ।

Share.

Leave A Reply