play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

रगंशालाको डिपिआर शुभारम्भ धुर्मुस आफै गरे डोजर चलाए

0

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको डिपिआर शुभारम्भ गरेका छन् । आईतवार रगंशाला निर्माणस्थल भरतपुर महानगरपालिका–१५ स्थित मैदानमा धुर्मुसले टोटल स्टेशन मेसिनले अवलोकन र डोजर चलाएर डिपिआरको प्रक्रिया सुरुवात गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसरमा रहेको २० विघा ६ कठ्ठा जमिनमा अन्तराष्ट्रिय क्रिकेट रगंशाला निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण हुन लागेको रगंशालाको लागत ३ अर्ब रहेको छ ।

खेलकुदको हब र एकेडेमीे रुपमा निर्माण गर्न लागिएको रगंशालामा फुटबल मैदानका साथै इण्डोर खेलका मैदान समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ । क्रिकेट रगंशाला २५ हजार दर्शक अट्ने क्षमताको बन्नेछ । यो रगंशाला नेपालको मौलिकता झल्काउने गरी बनाईने बताईएको छ ।

चितवनमा धुर्मुस सुन्तलीलाई भब्य स्वागत
अन्टराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा भएपछि पहिलो पटक चितवन आएका धुर्मुस सुन्तलीलाई चितवन बासिले भव्य स्वागत गरे । भरतपुर विमानस्थलदेखिनै राष्ट्रिय झण्डा सहित विभिन्न सामाजिक संस्था बाट प्रतिनिधित्व गरेका व्यक्ति हरुले उनिहरुलाई भव्य रुपमा स्वागत गरिएका थिए । भरतपुरको चौविसकोठीबाट शुरु भएको ¥याली भरतपुरका विभिन्न स्थान हुँदै अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थल रामपुरमा पुगेको थियो । भरतपुरका स्थानियले फुलका गुच्छा, माला, अबिर सहित ठाँउठाँउमा स्वागतद्धार राखेर धुर्मुस सुन्तलीको स्वागत गरेका थिए ।

क्रिकेट रंगशाला संगै खेलकुदकै हब र एकेडेमी बनाइन्छ– धुर्मुस
धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चितवनमा बन्ने रंगशाला नेपालको गौरब भएको बताए । उनले चितवन बन्ने भन्ने रंगशालाले देशभरि सकारात्मक सन्देश प्रदान गरेको वताउदै समग्र नेपाललाई नै विश्वसामु चिनाउन रंगशालाले महत्वपूर्ण भुमिका खेल्ने वताए । विश्वमा नेपाललाई चिनाउन रंगशालाले सकारात्मक भुमिका निर्वाह गर्ने बताउदै तोकिएको समय अबिधि भित्रनै रंगाशालाको निर्माण सम्पन्न गरिने बताए । ‘धुर्मुस’ले भने – दुई वर्ष भित्र आँखैअगाडि चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला ठडिन्छ । ६ महिना भित्र डीपीआर तयार गर्ने र त्यस पछिको दुई बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य छ । तर त्यस भन्दा छिटै काम सम्पन्न गर्ने लक्ष्यमा आफ्नो टिम लागेकोे उनले बताए । उनले भने ‘आजैबाट रंगशाला निर्माण सुरु भयो, जग्गा सम्याउनेदेखि निर्माण सामग्रीहरु झार्नेसम्मका काम हुन्छन् जग्गा सम्याउने काम सुरु गरिन्छ ।’ यहाँ क्रिकेट रंगशाला मात्र होइन, खेलकुदको हब बनाउने हाम्रो सोच छ । यहाँ फुटबल मैदान बन्छ, एथलेटिक्स बन्छ, भलिबलको खेल मैदान बन्छ, तेक्वान्दो खेल्ने ठाउँ पनि यहाँनै बन्छ । उनले चितवनको यस रंगशालालाई खेल एकेडेमिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै ७७ जिल्लाका खेलाडीहरुलाई ल्याएर प्रशिक्षण समेत गराईने बताए । चितवनमा जनताको रंगशाला बन्दैछ हरेक चितवनवासीले सहयोग गर्नूस, हरेक नेपालीले सहयोग गर्नूस् हामीलाई कुनै लोभलालच छैन, जसरी पनि क्रिकेट रंगशाला बनाउनूछ । उनले भने कलाकारीता बाट कमाएको पैसाले हामीलाई पुग्छ र पुगेको छ । कलाकारिताबाट सामाजिक अभियन्ता बनेका छौँ, अब देश भक्त रुपमा काम गर्न हिडेका छौ । सबैले सहयोग गनुहोला । तपाईको सनोसानो रकम पनि रंगशाला निमार्णको लागि महतो पुर्ण हुनेछ । एक रुपैयाँ पैसा हिनामिना हुँदैन, यो त जनताको पसिनाले बन्ने रंगशाला हो । ढुक्क भएर सहयोग गनुस् । उनले भने हामिले सोचेको अन्तराष्ट्रिय क्रिकेट मैदान ३ अर्बमा बन्छ भनेका छौ । लागतको हिसाबले यस भन्दा धेरै रकम क्रिकेट मैदान निर्माको लागि खर्च हुन्छ । तर हामी स्वयम रंगशाला बनाउन अहोरात्र खटिने छौं , चितवनवासी खटिन छन् , स्वयम्सेवी खटिने छन् जसले गर्दा ६ देखि १० अर्ब सम्म लाग्न सक्ने भनिएको रंगशाला ३ अर्बमा बन्छ भनेका छौँ ।

थोरै गाँस काटेटर यस अभियानमा सहयोग गर्न सकियो भने देशको मुहार फेरीन्थो– सुन्तली

डिपिआर शुभारम्भ कार्यक्रममा बोल्दै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तली ले क्रिकेट रगंशाला निर्माणले नेपालमा विकासको सुरुवात भएको भन्दै स्वदेशमै केही गर्ने प्रेरणा मिलेको बताइन् । उनले आफूहरुले मात्रै केही गर्न नसक्ने भन्दै फाउण्डेशन सबैको साझा भएकोले सहयोगको लागि आह्वान गरिन् । “आँटेपछि सबै कुरा पुरा हुँदो रहेछ, सबैले हातोमालो गरौं समयमै रगंशाला निर्माण गछौं”–सुन्तलीले भनिन् । थोरै गाँस काटेटर यस अभियानमा सहयोग गर्न सकियो भने देशको मुहार फेरीन्थो । गत समयमा आफुहरुले चलाएको अभियान बाट सिमित व्यक्ति लाभाबित भएको भए पनि यस राष्ट्रिय गौरवको आयोजना निमार्ण पछि सबै नेपाली लाभाबित हुनेछन् ।

रंगशाला धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाउने हो ः मेयर दाहाल
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुरमा रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसंग सरकार प्रमुख व्यक्तिका .विच सम्झौता भए संगै आफु उत्साहित भएको बताईन । उनले भरतपुर महानगरमा रंगशाला बन्ने पक्का भइएको छ । तर जे गर्दा पनि नकारात्मक सोच्ने मानिसहरुले केही टिकाटिप्पणी गर्न थालेका छन उनले भनिन्न, राम्रो कामका लागि त्यस्ता टिकाटिप्पडिले केहि असर गदैन । सरकार हुदाहुदै कुनै एउटा फाउण्डेशन बाट राष्ट्रिय गौरवको योजनाको काम हुनलागेको भन्दै सरकारको विरोध गर्ने गर्ने पनि छन् । ‘रंगशाला बनाउने धुर्मुस सुन्तली फाउण्डेसनले नै हो । हामीले आवश्यक सहयोग गर्ने हो । जहाँ प्रत्यक्ष रुपमा जनताको सहभागितामा रहनेछ र पहिलो पटक जनताकै सहभागीतामा राष्ट्रिय गौरवको आयोजना बन्नेछ । उनले भन्नि रंगशाला निर्माण सम्झौता संगै महानगरलाई थप उत्साह थपिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनलाई जनताको अपार माया, साथ र सहयोग रहेको बताउँदै रंगशाला निर्माणका लागि आवश्यक रकम जुटाउन राष्ट्रव्यापी र अन्तर्रा्ष्ट्रिय रुपमा सहयोगका लागि आह्वान सहित अभियान संचालन गरिने उनले बताईन । उनले रंगशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
राजनिति दलका नेताले के भने –

कार्यक्रममा नेकपाका नेता नारायण दाहालले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न चितवनका राजनैतिक दलहरु सक्रियताका साथ लाग्ने बताए । उनले देशका विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आब्हान गरे । उनले रगंशाला निर्माणले नेपालको खेल क्षेत्रको विकास हुने बताए ।
नेपाली काँग्रस चितवनका सभापती जितनारायण श्रेष्ठ रंगशाला निर्माणका लागि काँग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले काँग्रेस प्रतिपक्ष दल भएपनि विकास निर्माणमा सधै हातेमालो गर्ने बताए । रगंशाला निर्माणमा कहीकतैबाट समस्या आउन नदिने भन्दै फाउण्डेशनलाई पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले रगंशाला निर्माणले नेपाली खेलाडीहरुलाई प्रदर्शन गर्न सहज हुने भन्दै यही रगंशालामा भारतीय स्टार खेलाडी विराट कोहलीलाई चितवनकै नेपाली युवा स्टार सन्दीप लामिछानेले आफ्नो बलिङ्ग बाट आउट बनाएको हेर्न चाहेको बताए ।

रगंशालाको डिपिआर शुभारम्भ कार्यक्रममानै १ करोड भन्दा बढि रकम संकलन भएको छ । डिपिआर शुभारम्भ स्वच्छिक रुपमा उपस्थित हरु बाट फाउण्डेशनलाई रंगशालको निर्माको लागि रकम प्रप्त भएको हो । रगंशाला निर्माणका लागि सहयोग संकलन अभियान समेत सुरु गरेको छ ।

Share.

Leave A Reply