दश वर्षपछि भारतले जित्यो न्युजील्याण्डमा शृंखला

0

 

माघ २० भारतीय क्रिकेट टोलीले १० वर्षपछि न्युजील्याण्डको भूमिमा एकदिवसीय शृंखला जित्न सफल भएको छ । न्युजील्याण्ड विरूद्धको पाँचौ खेल ३५ रनले जित्दै उसले शृंखला ४ – १ ले कब्जा गरेको हो । वेलिंटनमा २५३ रनको लक्ष्य पछ्याउन उत्रिएको किवी टोली ४४.१ ओभरमा २१७ रनमा समेटियो । उसका लागि जीमी निसमले सर्वाधिक ४४ रन बनाए । ३२ बलको सामना गरेका उनले चार चौका तथा दुई छक्का प्रहार गरे । कप्तान केन विलियम्सनले ३९ रन बटुल्दा विकेटकिपर ब्याट्सम्यान टम ल्याथमले ३७ रनको योगदान गरे । १० ओभर बलिङ गरेका भारतका यजुवेन्द्र चहलले ४१ रन खर्चेर तीन विकेट हात पारे । मोहम्मद सामी र हार्दिक पाण्ड्याले समान २ तथा केदार जादभ र भुवनेश्वर कुमारले १ – १ विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोली सुरुवात भने खराब रह्यो । ९.३ ओभरको खेल सकिँदासम्म भारतले ४ विकेटको क्षतिमा केवल १८ रन बनाएको थियो । तेश्रो क्रमसम्मका कोही पनि ब्याट्सम्यानले दोहोरो अङ्कको स्कोर छुन सकेनन् । पाँचौं क्रममा ब्याटिङ गर्न आएका महेन्द्र सिंह धोनीले एक रन मात्र जोडे । त्यसपछि भने संकटमोचक साबित भए दाया हाते ब्याट्सम्यान – अम्बाती रायुडु । भारतलाई सम्मानजनक स्कोरसम्म पु¥याउन उनले ९० रनको योगदान गरे । ११३ बल सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । विजय शंकर तथा हार्दिक पाण्ड्याले समान ४५ र केदार जादभले ३७ र रन प्रहार गरे । ब्ल्याक क्यापसको कसिलो बलिङको सामु भारत पारीको अन्तिम बल बाँकी छँदा २५२ रनमा अल आउट भयो । न्युजील्याण्डका म्याट हेन्रीले ४, ट्रेन्ट बोल्टले ३ तथा जीमी निसमले १ विकेट लिए । नर्वस नाइन्टीमा आउट भएका रायुडु म्यान अफ दी म्याच घोषित भए भने सामी म्यान अफ दी टुर्नामेन्ट भए

Share.

Leave A Reply