play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

हुण्डाइको इलेक्ट्रिक कोना अब नेपालमा पनि

0

माघ १८, हुण्डाइ गाडीको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय गाडी भित्र्याएको छ । उसले बिहिबार नेपालमै पहिलो पटक एसयुभी सेगमेन्टको कोना इभी (इलेक्ट्रिक) गाडी भित्र्याएको हो । फ्रन्ट ह्वील ड्राइभ रहेको यो गाडीमा ३९.२ किलोवाटको शक्तिशाली लिथियम आयन पोलिमर ब्याट्री रहेको छ । सो गाडिकाे ब्याट्रिले १३५ हर्सपावर सम्मको शक्ति उत्पादन गर्न सक्छ । महत्त्वपूर्ण कुरा के छ भने यो गाडी एक पटक पुरा चार्ज गरेपछि ३०० किलोमिटर गुड्न सक्छ । यस गाडीमा भेन्टिलेटेड र हिटेड सिट, वायरलेस फोन चार्जर, ६ वटा एयरब्याग लगायतका सुविधाहरू रहेका छन् । हाल कोना गाडीको बजार मूल्य रु. ५१ लाख ९६ हजार तोकिएको छ ।

Share.

Leave A Reply