play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

औषधीमा व्यापारी नाफा बढी खाएः अब सरकारले औषधी आफै किन्ने

0

३० वैशाख – औषधीमा व्यापारिहरुले अत्यधिक नाफा लिएको भेटिएपछि सरकारले औषधी आफै किनेर आफै बेच्ने भएको छ । विदेशी कम्पनीबाट किन्नु पर्ने औषधीहरु सरकारले सिधै उनीहरुसँग किन्ने र सरकारी अस्पतालका फार्मेसीबाट बेच्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वको सुझाव समितिले दिएको सिफारिसका आधारमा यसरी औषधी बेच्दा ५० प्रतिशत सम्म सस्तो पर्न सक्ने देखिएको छ ।सुझाव समितिले आत्मनिर्भर हुन सकिने औषधीहरुमा स्वदेशी उद्योगकै औषधी प्रयोग गर्न दिएको सुझावलाई पनि कार्यान्यन गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
उहाँले स्वदेशी औषधीहरुलाई प्राथमिकता दिदाँ औषधीको मुल्य सस्तो हुनु पर्ने, पर्याप्त गुणस्तरको हुनु पर्ने र नेपाली उद्योगहरुको सिन्डीकेट तथा एकाधिकार हुन नदिने तर्फ पनि मन्त्रालय सचेत रहेको बताउनु भयो ।
सुझाव समितिले औषधिको मनलाग्दी मूल्य लिएको फेला पारेपछि स्वास्थ्य मन्त्री थापाको प्रस्ताव अनुसार औषधिको मूल्य निर्धारण गर्ने र सुपथ मुल्यमा सरकारले खरिद बिक्रिबितरण गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रतिनिध रहने उच्च स्तरीय समिति समेत गठन गरेको छ ।

Share.

Leave A Reply