भरतपुर महानगरपालिकाको राजस्व सङ्कलनमा दोब्बरले वृद्धि,,६ महिनामा २३ करोड राजश्व संकलन

0

माघ १३ ।

भरतपुर महानगरपालिकाले चालू आवको छ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । गत आवको सुरुको छ महिनामा ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा २३ करोड तीन लाख २३ हजार राजस्व् सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिइन् । व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले सम्पत्ति करबाट चार करोड २१ लाख ५९ हजार, सिफारिस दस्तुरबाट तीन करोड ६७ लाख ९८ हजार, नक्सापास दस्तुरबापत तीन करोड ३९ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशनबाट तीन करोड १५ लाख ९६ हजार र व्यवसाय रजिष्टेशन दस्तुरबाट दुई करोड ६० लाख दुई हजार राजश्व सङ्लन गरेको छ ।
महानगरपालिकाले आन्तरिक अयाबाट ५५ करोड ४८ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार छ महिनाको अवधिमा सङ्कलन भएको राजस्व्को तुलनामा कम देखिए पनि वार्षिक लक्ष्य भने पूरा हुनेछ । आर्थिक मसान्तको पहिलो तीन महिनामा सम्पत्ती करबाट बढी राजस्व असूली हुने भएकाले लक्ष्य सजिलै भेटाउने उनले बताए

Share.

Leave A Reply