मौरीपालक किसानलाइ व्यवसायीक बनाउनुपर्न सुझाव

0

चितवन, मंसिर, १० ।

राप्ती नगर प्रमुख प्रभा बरालले मौरीपालक किसानलाई ब्यवसायीक बनाउनुपर्न सुझाव दिनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोन चितवनले आयोजना गरेको योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख बरालले मौरीपालक किसानहरुलाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिइन् । उनले यस क्षेत्रमा मौरीपालनको सम्भाब्यता राम्रो रहेको भएपनि मौरीमा व्यवसायिकरण तथा विशिष्टिकरण हुन नसकेको बताइन । प्रमुख बरालले उत्पादित सबै क्षेत्रका मह एकै ठाँउमा सकलन गरि व्यवसायिकरण गर्नुपर्न धारण राखिन ।

नेपाली बजारमा महको बजार राम्रो रहेको र मौरीपालन व्यवसायलाई निर्भर बनाउन सरकारले यसक्षेत्रको विकासका लागी कार्ययोजना बनाउन आवश्यक रहेको उनले प्रष्ट पारिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मौरीपालक सघका अध्यक्ष शिव प्रसाद पौडेलले मौरी जोन चितवनमा केहि विवाद रहेको भन्दै विवाद छिटो टुङगाउन आग्रह गरे । मौरी जोन चितवनले आयोजना गरेको गोष्ठीमा केहि पक्षले बहिस्कार गरेको भन्दै अध्यक्ष पौडेलले बाहिर भएका किसानहरुलाई समेत समेटि सँगै मिलेर अघि बढन सुझाव दिए ।

गोष्ठीमा गुणस्तरीय मह उत्पादन र वजारिकरणका बारेमा राप्ती कृषि शाखा प्रमुख श्रिकृष्ण न्यौपाने, असल मौरीपान अभ्यासका बारे ठाकुर प्रसाद दवाडी, कष्टम हायरिङ्ग सेन्टर तगा मेशनरी उपकरण सेवाका बारे ध्रुवतारा लामिछाने र रानी मौरी उत्पादनका बारे डा खेलराम न्यौपानेले योजना प्रस्तुत गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख अधिकृत मेघनाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा मौरी जोन चितवनका सयोजक धर्मराज लामा, नेपाल मौरीपालक सघका अध्यक्ष शिव प्रसाद पौडेल, कृषि अधिकृत श्रीकान्त न्यौपाने , नेपाल मौरीपालक सघका पूर्व अध्यक्षहरुले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply