play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

कृषि सामग्री प्रदर्शनीको तयारी अन्तिम चरणमा

0

 

शिव गौतम ।

माघ ८, भरतपुर ।

कृषि क्षेत्रको विकासका लागि भरतपुरमा हुन लागेको तेश्रो नेपाल एग्रिटेक २०१९ अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदर्शनीको आयोजक मिडिया स्पेस सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले आज भरतपुरमा त्यसको जानकारी दिनुभएको हो । माघ ११ देखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा विभिन्न देशका कृषि कम्पनीहरूको १५० भन्दा बढी स्टलहरू रहने बताइएको छ । कृषि अनुसन्धानकर्ता, विद्यार्थी, उद्यमी, कृषक लगायत लक्षित सो प्रदर्शनीमा कृषिका नवीनतम औजार, उपकरण, थोपा सिंचाई तथा बिषादी रहित कृषिका बारेमा तालिम एवम् गोष्ठी हुनेमा पनि भट्टराईले जोड दिनुभयो । परम्परागत रूपमा गरिने कृषिबाट पर्याप्त उत्पादन नहुने गरेको भन्दै उहाँले नेपालमा आधुनिक कृषिको विकास गर्न एक्स्पो कोशेढुंगा साबित हुने विचार प्रकट गर्नुभयो । प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अखिल नेपाल किसान महासंघ, नेपाल पोल्ट्री महासंघ, चितवन उद्योग संघ लगायतका संघसंस्थाको पनि सहयोग रहेको छ । मिडिया सोलुसन प्रा.लि.ले फ्युचर ट्रेड फेयर एण्ड इभेन्टस इण्डियासँगै मिलेर प्रदर्शनीको आयोजना गरेको हो ।

Share.

Leave A Reply