play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

एएफसी यूथ-२३ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने

0

माघ ०७, एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ ।कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ ।एसियन फुटबल महासंघ (एएफसी) ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ को नेपालले पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो ।यसैगरी २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्नेछन् ।
यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।च्याम्पियनसिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् ।जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । यी ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।

Share.

Leave A Reply