play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

रामेछापको मन्थलीमा यात्रुबाहक बस दुर्घटना,२ को मृत्यु , २३ घाइते

0

माघ,६ ।
रामेछापको मन्थली नगरपालिका वडा नं–१ मच्छेडाँडीमा आज दिउँसो एउटा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । छिमेकी जिल्ला ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान हिँडेको बा ४ ख ४२१० नम्बरको अरनिको यातायात सेवा समितिको बस मन्थली नगरपालिकाको मच्छेडाँडीमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । बसमा रहेकामध्ये ओखलढुङ्गा जिल्ला फुलबारी घर भएका अन्दाजी ३६ वर्षका प्रेम भनिने ओमबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका वडा नं–५ सुनारपानीका अन्दाजी वर्ष ३२ का निरज भुजेलको उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परि घाइते भएका अन्य २३ जनाको दुर्घटनास्थलवाट प्रहरी तथा स्थानीयलगायतको टोलीलेउद्धार गरी मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply