play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

आठौँ दिनसम्म १ लाख भन्दा बढिले गरे अबलोकन खिचरा महोत्सव

0

सञ्जय चौधरी, चितवन, माघ, ५ ।
छैठौं खिचरा महोत्सव सुरु भएको आठौँ दिनसम्म आइपुग्दा महोत्स १ लाख भन्दा बढि दर्शकले अवलोकन गरेका छन् । खैरहनी नगरपालिका ५ गौचरनमा सञ्चालन भइरहेको महोत्सवमा आज ९शनिवार० मात्रै १५ हजार भन्दा बढीले अवलोकन गरेका मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिनुभयो । शनिवार बिदाको दिन भएकाले सोचेको भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेको चौधरीको भनाइ छ । पुष २८ देखि सुरु भएको महोत्सवमा दर्शकहरुको चाप बढ्दै गएको छ । महोत्सव सकिने मिति नजिकिदै गर्दा समेत अवलोकनकर्ताहरुको उपस्थिति झन् बढ्दै गएको आयोजकले जनाएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित प्रत्यक वर्ष महोत्सव आयोजना हुँदै आइरहेको छ । महोत्सव परिसर भित्र रहेका थारु सांस्कृतिक घर ९मिनि गाउँ०, घोङी, पोकाको मूर्ती, फन पार्क, जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको थियो । आज महोत्सवमा चर्चित गायक स्वुप्न सुमनले दर्शक झुमाएका थिए । यस्तै, मिस्टर एण्ड मिस थारु २०१८ का अन्तिम प्रतिस्पर्धीहरुले विभिन्न किसिमका थारु पहिरनमा ¥याम्प शो गरेका थिए । प्रतियोगितामा विजेता हुनेहरुलाई आईतवारे पुरस्कार वितरण गरिने छ । पुरस्कार वितरण समारोहमा प्रदेश नं। ३ का कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको उपस्थिति हुने आयोजक समितिले जानकारी दिएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं। ७ को आयोजना भईरहेको महोत्सवमा २०० वटा सटल रहेका छन् । करिव डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब १ करोडको रुपैयाँको कारोबार हुने आयोजकको
अनुमान छ ।

Share.

Leave A Reply