play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

चितवन महोत्सवको नवौँ दिन करिब ४५ हजार दर्शकद्धारा अवलोकन

0

बिबेक पोख्रेल,चितवन, माघ,३ ।
नारायणी किनारमा प्रत्येक दुई वर्षमा हुने चितवन महोत्सवको १२औँ संस्करणको भोली (शुक्रवार) समापन हुदैछ । प्रदेश नम्बर तीनको मुख्यमन्त्रीमा डोरमणि पौडेलले महोत्सवको समापन्न गर्ने कार्यक्रम रहेको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा महोत्सव सुरुभएको थियो । तर महोत्सवको समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण भने झन बढ्दै गएको छ ।

चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए । चितवनको ब्राण्ड बनिसकेको महोत्सवमा चितवनबाट मात्रै नभएर छिमेकी जिल्लाहरुबाट समेत अवलोकनकर्ताहरु आएका प्रधानले बताए । बिहीबार कृषि प्रदर्शनीको समापन तथा सांस्कृतिक कार्यक्रमहरुको समापन गरिएको प्रधानले बताए । कृषि प्रदर्शनीको समापन प्रदेश नम्बर ३ का कृषि मन्त्री दावादोर्जे लामाले गरेका हुन् भने सांस्कृतिक कार्यक्रमको समापन मिस नेपाल २०१९ श्रृंखला खतिवडाले गरेकी थिइन् ।

सांस्कृतिक कार्यक्रम प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत
पुस २६ गतेबाट सुरु भएका सांस्कृतिक कार्यक्रमको विशेष समारोहकाबीच समापन गरियो । समापन समारोहमा मिस वल्र्ड नेपाल २०१८ श्रृंखला खतिवडा संगै मिस युनिर्भस नेपाल मनिता देवकोटा र हिडन ट्रेजर प्रा.लिका गोपाल सुन्दर कक्षपति विशिष्ट अतिथिका रुपमा आएका थिए । महोत्सव अवधीमा लोक गीत प्रतियोगिता, पप गीत प्रतियोगिता, डान्सिङ स्टार—२०७५ र अन्तर विद्यालय नृत्य प्रतियोगिता आयोजना गरिएका थिए । सम्पूर्ण प्रतियोगिताका विजेताहरुलाई बिहिबार पुरस्कृत गरिएको छ । हरेक मेला महोत्सवमा अवलोकनकर्ताको संख्या बढाउन सांस्कृतिक कार्यक्रमको भूमिका महत्वपूर्ण रहने भएकाले चितवन महोत्सवमा पनि अवलोकनकर्ता बढाउन सांस्कृतिक कार्यक्रमका आकर्षणहरु विशेष बनेको चितवन महोत्सव २०७५ का सांस्कृतिक कायक्रम संयोजक रोहित श्रेष्ठले बताए ।
सांस्कृतिक कार्यक्रममा चर्चित हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), मेरी बास्सैका कलाकार घिरौंली र सापटी , कलाकार राजा राजेन्द पोखरेलको उपस्थितीले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । सुर्के थैली , कुटुमा कुटु जस्ता सुपरहिट गीत गाएका राजनराज शीवाकोटी र छोरी गृष्मा शीवाकोटी ,ख्यातीप्राप्त गायक प्रजापति पराजुली, मिलन लामा ,निशा लामा ,माण्डवी त्रीपाठी , चेतन सापकोटा, सम्झना भण्डारीले महोत्सवको सांस्कृतिक कार्यक्रममा आकर्षण थपे । यस्तै जादुगर बलराम सरकारको प्रस्तुती निकै रोचक रह्यो । कार्यक्रममा नारायणी कला मन्दिर, विभिन्न डान्स सेन्टर, नेपाल दराई उत्थान समाज, नेपाल मगर संघ, थारु कल्याणकारिणी सभा, नेपाल कुमाल समाज सुधार समिति , तमु ह्यूला छोँज धिं, नेपाल तामाङ घेदुंग, दुरा सेवा समाज, नेपाल बोटे समाज , थकाली सेवा समिति र नेपाल चेपाङ संङघबाट प्रस्तुत नृत्यहरुले कार्यक्रमको भव्यता बढाउन साथ दिए ।

कृषि उपज प्रतियोगिता तथा शोभायात्राका उत्कृष्टहरुलाई पुरस्कार वितरण 
महोत्सव अन्तर्गत बिहीबार कृषि उपज प्रतियोगिताका विजेताहरुलाई सम्मान एवम् पुरस्कृत गरिएको छ । कृषि परिसरमा ३ सय ७० विभिन्न कृषि उपज राखिएका थिए । ती मध्य उत्कृष्टहरुलाई पुरस्कृत गरिएको कृषि प्रदर्शनी संयोजक थीरप्रसाद धितालले बताए । मौरी पालन, केरा खेती, सुन्तला खेती, तरकारी खेती , मेवा, कागती जस्ता उत्पादन प्रतियोगिात्मक प्रदर्शनीमा राख्नेहरु मध्य उत्कृट तिन तिन जनालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा तीन नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पुरस्कृत गरे । सो क्रममा उनले किसानहरुले बढी उत्पादन गर्ने लोभमा विषादी प्रयोग गरेर उत्पादन गर्दा क्यान्सरका बिरामीहरु बढ्दै गएको भन्दै अर्गा्िनक उत्पादनमा जोड दिए ।
यस्तै कार्यक्रममा महोत्सवको समुद्घाटनका दिन उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई पुरस्कृत गरिएको छ । निजि तथा संस्थागत विद्यालयका तर्फबाट आएका विद्यार्थी मध्य उत्कृष्टलाई पुरस्कृत गरिएको शोभायात्रा संयोजक रजनी मास्केले बताइन् । उनीहरुलाई तीन नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पुरस्कृत गरेकाहुन् ।
चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको छ । महोत्सव परिसर भित्र रहेका सांस्कृतिक घर, फन पार्क, कृत्रिम चिडियाघर तथा जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।

Share.

Leave A Reply