play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

यू–ट्यूबले गुणस्तरहिन भिडियो र च्यानल हटाउने

0

माघ ३ ।

चर्चित भिडियो सामाजिक सन्जाल यू–ट्यूबले गुणस्तरहिन भिडियोहरु हटाउने तयारी थालेको छ।

गुगलको भिडियो सेयरिङ साइट यू–ट्यूबले विश्वभरबाट अपलोड भएका गुणस्तरहिन भिडियो हटाउने र त्यस्ता च्यानललाई प्रतिबन्ध गर्ने तयारी थालेको हो। विश्वमा हाल प्य्रांकको नाममा चरित्र हत्या गर्ने खालका भिडियो, च्यालेन्जको नाममा खतरनाक गतिविधि गर्ने लगायतका भिडियो यू–ट्यूबमा अपलोड हुने गर्दछन्।

भ्यूज र सब्सक्राइबर बढाउनेदेखि राम्रो आम्दानी हुने भएपछि प्रयोगकर्ताहरु गुणस्तरहिन भिडियो बनाइरहेको यू–ट्यूबले जनाएको छ। त्यस्ता भिडियोका लागि यू–ट्यूब नभएको यू–ट्यूबले जनाएको छ।

यू–ट्यूबलाई अश्लिलता, बालबालिकामा मनोवैज्ञानिक डर तथा छाडापनलाई प्रश्रय दिएको आरोप लाग्ने गरेको छ। त्यस्ता भिडियो हटाउन र च्यानल प्रतिबन्ध लगाउन अनुसन्धान थालेको यू–ट्यूबले जनाएको छ।

यू–ट्यूबले सूचना मूलक, सन्देश मूलक, मनोरन्जनात्मक तथा सृजनात्मक सामाग्रीमात्र अपलोड गर्न आग्रह गरेको छ।

गुणस्तरहिनतालाई हटाउने र गुणस्तरीय सामाग्रीलाई स्थान दिने उदेश्य रहेको यू–ट्यूबको भनाइ छ।

यू–ट्यूबमा प्य्रांकको नाममा ज्यान जाने गरेको, घातक दुर्घटना हुने गरेको तथा चरित्र हत्या भएको सूचना प्राप्त भएलगत्तै आफूहरु त्यस्ता गतिविधि हुन नदिने पक्षमा रहेको यू–ट्यूबका अधिकारीहरुले बताएका छन्।

Share.

Leave A Reply