play_circle_outline On Air

साझा सवाल

play_circle_outline On Air

साझा सवाल

चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ देखि प्रदर्शनमा आउँदै

0

माघ ३ ।

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यस चलचित्रमा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो ।

पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो बुलेट’मा अनुप गाउँको एक ‘पोजे’ युवाको भूमिकामा छन् । कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी पेन्ट र डिङ्गो बुट र हिड्डुल गर्दा भने उनको साथमा पुरानो बुलेट छुट्ने छैन ।

चलचित्रमा अनुपका अलवा वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी, बारत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई मात्रिका पौडेल लगायतको अभिनय रहेको छ । पूर्वको रमणीय स्थलहरुमा हरि घले लामाले खिचेको यस फिल्मका निर्माण नियन्त्रण याम वलीले सम्हालेका थिए ।

निर्देशक भीषण र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।

Share.

Leave A Reply