play_circle_outline On Air

बि बि सी नेपाली सेवा

play_circle_outline On Air

बि बि सी नेपाली सेवा

खिचरा महोत्सवमा आज चर्चित गायिका अन्जु पन्तको बेजोड प्रस्तुति

0

सञ्जय चौधरी ,चितवन, माघ, २ ।

कोही हसाउने कोही नचाउने त कोही विविध प्रस्तुतिमार्फत दर्शकको वाहवाही र मायामा लालायित भएको अभिव्यक्ति दिने । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको छैठौं खिचरा महोत्सव २०७५ मा मनोरञ्जनका साथ दर्शकहरूले यसैगरी खुवै मस्ती गरिरहेका छन् ।
पूर्वी चितवनको खैरहनी नगरपालिका गौचरणमा जारी महोत्सवमा अवलोकनकर्ताहरूको जसरी उपस्थिति थपिँदै गएको छ, त्यत्ति नै दर्शकले मनोरञ्जन पनि लिइरहेका छन् ।
गत पुस २८ गतेदेखि सुरु भएको छैठौं खिचरा महोत्सव २०७५ मा यस अघि पुस २९ गते चर्चित भोजपुरी गायक सुनिल पण्डितले भोजपुरी गीत लाली पप लागेलु लगायतका चर्चित भोजपुरी गीतहरुले दर्शकहरुलाई झुमाए थिए । साथमा थारु साँस्कृतिक नाचर, डान्स एकेडेमीको बेजोड नृत्य प्रस्तुत रहेको थियो, पुस, ३० गते चर्चित गायक हेमन्त शर्मा र अर्जुन कौशलले दर्शक नचाएका थिए । गायक हेमन्त शर्माले जमिन मुनी बदम फल्यो, गुडेको रेलपनि रोक दिन्छु, मुल होउ भने रसाउ देउ, हरि हरि, डम डम बज्यो, नाँच नाँचलगायतको करिव एक दर्जन गीत गाएका थिए भने गायक अर्जुन कौशलले बठिनिया हो, नथियावाली रे..लगायतका गीत गाएर दर्शकलाइ आकर्षण गरेका थिए । माघ १ गते थारु गायक मनोज महतो, चर्चित कलाकार निश्चल बस्नेत, चर्चित गायिका आस्था राउत लगाएतका कलाकारहरुले बेजोड गीत संगीत पस्केर दर्शकलाई मनोरञ्जन गराईसकेका छन । आज (बुधबार) चर्चित गायिका अन्जु पन्त, चितवने गायक सुरेश लामाको बेजोड प्रस्तुती रहने साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिनुभयो ।

टेलिभिजनको पर्दा र कहिलेकाहीँ नाम मात्र सुनेका कलाकारहरूलाई प्रत्यक्ष रुपमा आफ्नै आँखा अगाडि हेर्न पाउँदा दर्शकमा उत्साह नआउने कुरै भएन । साँस्कृतिक समितिका संयोजक चौधरीका अनुसार दर्शकको मनोरञ्जनका लागि भनेर केन्द्रबाट छानीछानी कलाकारहरू वोलाइएको हो । जसले गर्दा महोत्सवमा निकै रौनकता वढेको छ । गत पुस २८ गतेदेखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने छ । महोत्सव सम्पन्न गर्न करिव ४० लाख रूपैयाँ बराबर खर्च हुने र करिव १ करोड बरावरको कारोबार हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply