play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

खैरहनी झुम्यो हेमन्तसँग

0
पौष ३०,
बेलुकाको ४ बजिसकेको थियो । घाम बिस्तारै अस्ताउने सुरमा थियो । खिचरा महोत्सव स्थल गौचरणमा बसेर मानिसहरू बदाम खाँदै थिए । त्यत्तिकैमा उद्घोषकले ती गायकको नाम वाचन गरे । ती हाँसिला गायक दर्शकतिर हात हल्लाउँदै स्टेज पुग्दा उपस्थित सबै खुशी भएर ताली पिटिरहेका देखिन्थे । ती गायक थिए सबैका प्रिय अनि आत्मीय – हेमन्त शर्मा । माइक हातमा पाएपछि उनले आफ्नो ट्रेडमार्क शैलीमा प्रस्तुति सुरु गरे । ‘केही होइन रूप केही होइन धन’ भन्दै उनले दर्शकहरूको ध्यानाकर्षण गर्न थाले । पहिलो गीत ‘उकाली’ गाएका उनले त्यसपछि क्रमशः ‘मुल हौ भने रसाइदेऊ’, ‘बरिखा’, ‘जाले रूमाल’, ‘गुडेको रेल’, ‘जमिन मुनि’, ‘डम डम’ र ‘नाँच नाँच’ पस्किए । उनले गाएका गीतहरूलाई दर्शकहरूले उनीसँगै गाइरहेका थिए । खुशीले हौसिएका युवा युवतीहरू हेमन्तलाई आफ्नो रोजाइको गीत गाइदिन अनुरोध गर्दैथिए त कसैले अन्त्यसम्म नै ‘वान्स मोर’ भन्दै थिए । २८ पौषमा सुरु भएको खिचरा महोत्सव माघ ७ गतेसम्म चल्नेछ । महोत्सव १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।

Share.

Leave A Reply