play_circle_outline On Air

जान्नु भए भन्नु

play_circle_outline On Air

जान्नु भए भन्नु

मानवरहित विमान कारबाहीमा आठको मृत्यु

0

पौष ३० ।
अफगानिस्तानको उत्तरी प्रान्त बाघलानको बाघलान ए मार्काजी जिल्लामा भएको मावनरहित विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डरसहित आठ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रका सेनाका प्रवक्ता अब्दुल हादी जमाल सो जानकारी दिनु भएको छ । बाघलान इ मार्काजी जिल्लाको कोक्चिनार क्षेत्रमा लुकेर बसेका तालिबानलक्षित सो मानवरहित विमान कारबाही गरिएको जमाल सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । सो विमान कारबाहीमा परी तालिबानका प्रमुख कमाण्डर कारी आसादुल्लाहसहित आठ व्यक्तिको मृत्यु भएको जमालले बताउनु भएको छ ।
यस कारबाहीमा परी सर्वसाधारणको हताहतको भने कुन समाचार प्राप्त नभएको जमालले बताउनु भएको छ ।

Share.

Leave A Reply