play_circle_outline On Air

गोल्डेन कलेक्सन

play_circle_outline On Air

गोल्डेन कलेक्सन

महिला टी(२० क्रिकेटमा युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

0

पौष ३० ।
युएईलाई ६ विकेटले हराउँदै नेपाल थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा तेस्रो खेलसम्म विजय यात्रालाई लम्बाउने क्रममा १ सय ६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपाल १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भएको हो ।नेपालका लागि ओपनर सिता रानामगले ४ चौकाको मदतमा ३७ र काजल श्रेष्ठले २५ रन बनाउँदै उत्कृष्ट सुरुवात गरेपनि इन्दु बर्मा १३ र डली भट्ट ७ रनमा एलबिडब्लुको शिकार हुँदा नेपालको इनिङस धर्मराएको थियो ।सिता, हैमरा तासनिमको बलमा क्याचआउट हुँदा काजल रनआउटको शिकार भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी कप्तान रुविना क्षेत्रीले १० तथा नेरी थापाले अबिजित ६ रन बनाएपछि नेपाल जित निकाल्न सफल भयो । यूएईकी इहा ओजा, हैमरा तासनिम र छामनीले एक–एक विकेट लिएकी थिइन् ।यसअघि एशियन इन्ष्टिच्युट अफ टेक्लोलोजीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धा्रित ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रनको लक्ष्य दिएको हो । यूएईका लागि ओपनर इसशा ओजाले २८ रन बनाएकी थिइन् । छाया मुगलले ३१ तथा चामन्ती सेनभीराठनीले २३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । नेपालकी उपकप्तान सिता रानामगर, करुणा भण्डारी र सोनु खड्काले १–१ विकेट लिँदा यूएईका ३ खेलाडी रनआउट भएका थिए ।विजय यात्रालाई कायम राखेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेट र मलेशियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले अब समुहको अन्तिम खेलमा बुधबार आयोजक थाइल्याण्ड ‘ए’ सँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल पुग्नेछन् ।

Share.

Leave A Reply