play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

वाइडबडी प्रकरणमा देउवालाई पनि छानबिन गर्न नेकपाको माग

0

पौष ३० ।
वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि छानबिन गर्नु पर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माग गरेका छन । काँग्रेस सभापति देउवा प्रधानमन्त्री रहँदा पर्यटन मन्त्रालय पनि देउवालेनै सम्हालेका भन्दै छानबिन गर्न माग गरेका हुन् । वाइडबडी प्रकरणबारे यथार्थ छानबिन गर्न कुनै पूर्वाग्रह राखिरहन आवश्यक नरहेको नेकपा युवा नेता योगेश भट्टराईले बताए । वाइडबडीबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री रवीन्द्र अधिकारी वा अरू जोसुकै भए पनि छानबिन गरिने र दोषी देखिए कारबाही पनि हुने उनको भनाई छ । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यति बेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।वाइडबडी विमान खरिद प्रकरणमा ४ अरब ३५ करोड भ्रष्टाचार भएको र त्यसमा बहालवाला मन्त्री अधिकारीसहित पूर्वमन्त्रीद्वय तथा काँग्रेस नेता जिवनबहादुर शाही, जितेन्द्र नारायण देव, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायत दोषी देखिएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही गर्न निर्देशन दिएको थियो ।

Share.

Leave A Reply