play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

जङ्गलमा आमा छोरा मृत फेला

0

पौष २९ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उनकी २० महीनाको छोरा एटियम स्थानीय जङ्गलमा मृत फेला परेका छन्।

२६ पुसमा उपचार गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्किएकी शाह र उनको छोराको शव घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ।

छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। दाउरा काट्न जङ्गल गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आमाको पनि घाँटीमा डोरीको दाग रहेकोले डोरी चुँडिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेकोजस्तो देखिएको प्रहरीले जनाएको छ।

बाँकी कुरा भने शव परीक्षण र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी नायब उपरीक्षक तिम्सिनाले जानकारी दिए।

Share.

Leave A Reply