play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

भारतीय क्रिकेट टिममा दुई नयाँ खेलाडी समावेश

0

पौष २९ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले क्रिकेट टिममा दुई नयाँ खेलाडी समावेश गरेको छ । बीसीसीआईले हार्दिक पाण्डेया र केएल राहुलको स्थानमा बिजय शंकर र शुभमन गिललाई मौका दिने निर्णय गरेको छ ।

अष्ट्रेलियामा भ्रमणमा रहेको भारतले नयाँ अनुहारलाई टिममा समावेश गरेको हो । बीसीसीआईका अनुसार पाण्डेयाको स्थानमा शंकर र राहुलको स्थानमा शुभमनलाई टिममा समावेश गरिएको हो ।

शंकरलाई अष्ट्रेलियाको सिरिजका लागि र शुभमनलाई न्युजिल्याण्ड भ्रमणका लागि टोलीमा राखिएको हो । अष्ट्रेलिया लगत्तै भारतले न्युजिल्याण्डमा पाँच म्याचको वान डे सिरिज खेल्नेछ ।

शंकर एडिलेटमा दोस्रो वान डेको सुरुवातबाट टिमसंग जोडिनेछन् । उनी अष्ट्रेलियाको वान डे र न्युजिल्याण्डको भ्रमणमा समेत टिममा रहनेछन् । शुभमनले न्युजिल्याण्डमा हुने वान डे र टी ट्वान्टी सिरिज खेल्नेछन् ।

करण जौहरको टिभी शोमा पाण्डेया र राहुलले महिलामाथि गरेको विवादास्पद टिप्पणीलाई लिएर दुवैलाई भारतीय टिमबाट निलम्बित गरिएको छ ।

Share.

Leave A Reply