play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

खैरहनीमा छैठौं खिचरा महोत्सव सुरु,निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो ः रक्षामन्त्री पोखरेल

0

चितवन,पुस,२८ ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले निर्मला पन्तका हल्यारा पत्ता लागिसेको बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा शनिवारबाट सुरु भएको छैठौं खिचरा महोत्सवको उद्घाटन गर्दै उहाँले हत्यारा पत्ता लागिसेको र उनीहरुलाई छिट्टै कारबाही गर्ने बताउनुभयो । संसदले ३३९ वटा कानुन बनाउनु पर्ने छ उहाले भन्नुभयो अहिले सम्म २६ वटा मात्र कानुन बनेका छन,सबै कानुन बनाएर विधि र प्रक्रियामा राज्य चलाउने ध्यानमा सरकार रहेको छ । चैत महिना भित्र सबै कानुन बन्छन उनले भने त्यसपछि सरकारको एजेण्डवाईज काम सुरु हुन्छ । कार्यक्रममा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले निकुञ्जको छाउछाउमा बसोवास गर्ने स्थानीयलाई जंगली जनावरको आक्रमणबाट जोगाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल लगाउने काम अबको केही दिनमा सुरु हुने बताउनुभयो ।

कार्यक्रममा डा.सञ्जय चौधरी,थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का संस्थापक सभापति नारायण प्रसाद महतो,संस्थापक सचिव दिलीप महतोलाई सम्मान र खैरहनी ५ का वडाअध्यक्ष स्वर्गीय विश्व विजय बस्नेतलाई मरणोप्रान्त सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, रत्ननगर नगरपालिकाका मेयर नारायण वन,थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी,नेता जोखा चौधरी,स्वागत तथा सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरी लगायतले मन्तव्य राख्नुभएका थिए । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ ले आयोजनामा खैरहनी ५ गौचरनमा महोत्सव सुरु भएको हो । महोत्सवमा १५० वटा व्यवसायिक स्टल,२२ वटा थारुका खानाका परिकार र १८ वटा थारू संस्कृतिसँग जोडिएका स्टल गरी २०० वटा स्टल रहेको मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिनुभयो । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोँगी, चिचर, माछा लगायत अन्य परिकारका स्टल रहेका छन । थारु समुदायको रहनसहन र र जीवनयापनका बारेमा महोत्सवमै हेर्न सकिने गरी यस बर्ष थारु मिनी गाउँ तयार गरिएको छ । मिनी गाउँमा थारु समुदायले प्रयोग गर्ने ढिकी,जातो,तेल पिन्ने कोल, पूजा पाठ गर्ने मन्दिर (ब्रम्हस्थान) बनाइएको संयोजक चौधरीले बताए । मिनी गाउँसंगै महोत्सवमा आँखामा पट्टि बाधेर हाँस समाउने प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता,स्लो साईकल रेस,भेटरान दौड, डुंगा सयर लगायतका कार्यक्रमहरु समावेस गरिएको आर्थिक समितिका संयोजक टीकेन्द्र चौधरीले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय कलाकार अञ्जु पन्त,दीपक बज्राचार्य,आस्था राउत,काउली बुढी,हेमन्त शर्मा,मिलन लामा,सुनिल पण्डित,अर्जुन कौशल, सुरेश लामा, अल्मोडा राना, पशुपति शर्मा संगै थारु समुदायका कलाकारहरु मनोज महतो,संजय चौधरी,श्रीनिवास चौधरी,अनु चौधरी,अमितसिं चौधरी, रोहितसिं चौधरी,नरेश जोगी,निकिता मण्डल थारु, आर के चौधरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव सम्पन्न गर्न करिव ४० लाख रूपैयाँ बराबर खर्च हुने र करिव १ करोड बरावरको कारोबार हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रम मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीको अध्यक्षतमा भएको थियो । महोत्सव उद्घाटन पूर्व विहान खैरहनीमा शोभायात्रा निकालिएको थियो ।

Share.

Leave A Reply