play_circle_outline On Air

फेसबुक डट कम

play_circle_outline On Air

फेसबुक डट कम

किरण माबिको स्वर्ण महोत्सवमा ५३ लाखभन्दा बढी सहयोग उठ्यो

0

पौष २८, भरतपुर १९ मा रहेको किरण अमरजंग गुरूङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको चौंथो दिनसम्म ५३ लाख भन्दा बढी सहयोग रकम उठेको छ । सीटीइभीटी अन्तर्गत तीन वर्षे बाली विज्ञान कार्यक्रम सुरु गरिसकेको विद्यालयले भेटेरिनरी तथा टि-एसएलसीका कक्षा सुरु गर्न भवन अभाव भएको भनी सहयोगको आग्रह गरेको थियो । माध्यमिक तहसम्म जम्मा एउटा राहत शिक्षक दरबन्दी भएको हुँदा निजि श्रोतबाट शिक्षक राखी विद्यालय सञ्चालन गर्ने लक्ष्य पनि लिइएको विद्यालयका प्रधानाध्यापक मनिता सिंह तामाङले बताउनुभयो । कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढाइ हुनेगरेकोमा भविष्यमा कक्षा १० सम्म नै अंग्रेजी माध्यमको पढाइ सुरु गरिने उहाँले जानकारी दिनुभयो । २०१७ सालमा स्थापना भएको सो विद्यालयमा हाल उहाँका अनुसार करिब ३५० जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । महोत्सवको समापन कार्यक्रम आज रहेको छ । यस अघि हिजो गायक हेमन्त शर्माले सांगीतिक प्रस्तुति दिएका थिए ।

Share.

Leave A Reply