play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

महिला टि–ट्वान्टी क्रिकेटमा आज नेपालले चिनको सामना गर्दै

0

पौष २८, थाइल्यान्डमा आज देखि महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले अहिले चीनको सामना गर्दै छ ।आजदेखि आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, भुटान र म्यानमार छन् ।नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ भने अन्तिम खेल माघ २ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Share.

Leave A Reply