play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

छैठौं खिचरा महोत्सव आजबाट सुरु हुदै

0

पौष २८, खैरहनी नगरपालिकाको गौचरनमा आजबाट छैठौं खिचरा महोत्सव सुरु हुदै छ ।महोत्सवको आज एक भव्य समारोहका बीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समुद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए । समापनका लागि प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेल आउने आयोजकले जनाएको छ ।महोत्सवको पहिलो दिन आज पर्सा बजारको मगनी चोकबाट सुरु भएको झाँकी सहितको शोभायात्रा महोत्सव परिसरसम्म पुग्ने शोभायात्रा संयोजक कौशिला चौधरीले जानकारी दिइन् । शोभायात्राका लागि ८२ वटा थारु गाउँबाट साँस्कृतिक महिला टोलीहरुले नाम दर्ता गराएका झाँकी संयोजक सुनिल चौधरीले बताए । पहिलो दिनको मूख्य आकर्षण मध्ये झाँकी सहितको शोभायात्रा रहने उनले बताए ।पहिलो दिन थारु लगायत अन्य जातजातिका साँस्कृतिक नृत्य र राष्ट्रिय गायक मिलन लामा, संजय चौधरीको विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक जयस चौधरीले जानकारी दिए । पहिलो दिन सबै दर्शक तथा अवलोकनकर्ताहरुलाई निःशुल्क प्रवेश रहने र दोश्रो दिनदेखि रु ५० तथा विद्यार्थीका लागि रु ३० को टिकट लाग्ने टिकट संयोजक भिखु चौधरीले बताए । अपाङ्ग र ज्येष्ट नागरिकहरुले भने निःशुल्क अवलोकन गर्न पाउनेछन् ।

Share.

Leave A Reply