play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज मात्रै ५० हजार दर्शकले चितवन महोत्सव अबलोकन गर्ने अनुमान

0

पौष २८, १२ औं चितवन महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ ।आज सनिबार भएकाले अवलोकनकर्ताको चाप बढ्ने अनुमान गरिएको छ । सार्वजनिक विदा भएकाले विद्यार्थी तथा जागिरदारहरु यस दिन बढी आउने आयोजकको अनुमान छ । आज मात्रै ५० हजार दर्शक आउने अपेक्षा गरेको महोत्सव मुल आयोजक समिति संयोजक सहनलाल प्रधानले बताए । आज सांस्कृतिक कार्यक्रममा “सालका पात टपरी हुने” गाएर सर्वा्धिक चर्चामा रहेका कुलेन्द्र विश्वकर्मा आउने भएकाले पनि रौनक थपिएको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठले बताए।
उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा भएको महोत्सवलाई तेस्ला एअर कण्डिसले मुख्य प्रायोजन गरेको हो । महोत्सवमा यस पटक ५ सय ७२ वटा स्टल रहेको महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सवमा परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाइएका छन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएकाछन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply