play_circle_outline On Air

टप टेन

play_circle_outline On Air

टप टेन

१२ औं चितवन महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै

0

पौष २७, १२ औं चितवन महोत्सवको तेस्रो दिन आइपुग्दा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र २३ हजार अवकोलनकर्ताले महोत्सव परिसर घुमेको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले जानकारी दिए । शुक्रबार महोत्सव अवलोकनका लागि विद्यालय पोशाकमा आएका ५ सय विद्यार्थीलाई महोत्सवमा निशुल्क प्रवेश गराइएको उनले बताए । सामुदायिक विद्यालयबाट शिक्षकको नेतृत्वमा आएका विद्यार्थीहरुलाई निशुल्क अवलोकनको व्यवस्था मिलाइएको हो ।
शनिबार अवलोकनकर्ताको चाप बढ्ने अनुमान गरिएको छ । सार्वजनिक विदा भएकाले विद्यार्थी तथा जागिरदारहरु यस दिन बढी आउने आयोजकको अनुमान छ । शनिबार मात्रै ५० हजार दर्शक आउने अपेक्षा गरेका छौं महोत्सव मुल आयोजक समिति संयोजक सहनलाल प्रधानले बताए । शनिबार सांस्कृतिक कार्यक्रममा सालका पात टपरी नहुने गाएर सर्वाधिक चर्चामा रहेका कुलेन्द्र विश्वकर्मा आउने भएकाले पनि रौनक थपिएको सांस्कृतिक कार्यक्रम संयोजक रोहित कुमार श्रेष्ठले बताए
शुक्रबार हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरु घिरौली र सापटीको प्रस्तुती विशेष आकर्षणका रुपमा प्रस्तुत भयो । उनीहरुको प्रस्तुती हेर्न अवलोकनकर्ता निकै लामो समय पर्खाइमा रहे । करिव ३ः ४५ मा मात्र दर्शकको पर्खाइको घडि अन्न्तय भई उनीहरुको प्रस्तुतीमा रमाउने अवसर पाएका थिए । यस्तै जादुगर बलराम सरकारको चामत्कारिक प्रस्तुती दर्शकको मन लोभ्याउन सफल भयो । अतिथि कलाकार थानेश्वर गौतमको प्रस्तुती समेत दर्शकलाई मञ्च तर्फनै रोकिराख्न सफल भएको सांस्कृतिक कार्यक्रम संयोजक श्रेष्ठले बताए । साथमा नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुंग, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य प्रस्तुत गरे ।
उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा भएको महोत्सवलाई तेस्ला एअर कण्डिसले मुख्य प्रायोजन गरेको हो । महोत्सवमा यस पटक ५ सय ७२ वटा स्टल रहेको महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सुचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सवमा परिसरमा आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरु बनाइएकाछन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएकाछन् । २०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

Share.

Leave A Reply