play_circle_outline On Air

गोल्डेन कलेक्सन

play_circle_outline On Air

गोल्डेन कलेक्सन

वडास्तरीय क्रिकेट प्रतियोगितामा माडी नगरपालिका ४ सेमिफाइनलमा

0

पौष २७, बसन्तपुर ब्वाइज माडी नगरपालिका–३ को आयोजनामा जारी वडास्तरीय क्रिकेट प्रतियोगितामा आज एउटा खेल सम्पन्न भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा माडी नगरपालिका ४ ले आयोजक बसन्तपुर ब्याइजलाइ २४ रनले पराजित गरेको छ ।निर्धारित २० ओभरमा माडी ४ ले १९८ रनको बिशाल योगफल बनाएको थियो । १९९ रनको लक्ष्य पछ्याएको बसन्तपुरले सबै १० विकेटनै गुमाएर १७४ रन बनाएको थियो। खेलमा माडी ४ का राजा भट्टराइ म्यान अफ द म्याच घोषित भए उनले खेलमा ९४ रन बनाउदै २ विकेट लिएका थिए । त्यस्तै भोलि सेमिफ़ाइनलका २ खेल हुदै छ । भोलि ११ बजे हुने पहिलो खेलमा माडी नगरपालिका ५ ले ६ को सामना गर्दा भोलि नै हुने दोस्रो खेलमा दिउसो २ बजे माडी नगरपालिका १ ले ४ को सामना गर्ने छ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३० हजार को साथमा ट्रफी प्राप्त गर्दा उपविजेताले १५ हजार प्राप्त गर्ने छ ।

Share.

Leave A Reply