play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

थाइल्यान्डमा हुने महिला टि–ट्वान्टी उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

0

पौष २७ ।

थाइल्यान्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले चीनको सामना गर्ने भएको छ । शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, भुटान र म्यानमार छन् ।नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ भने अन्तिम खेल माघ २ गते थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
अन्य खेलाडीमा इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन् । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छिन् । टोलीको प्रशिक्षकमा पूर्वकप्तान विनोद दास छन् । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्ने छ ।

Share.

Leave A Reply