play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु

0

पौष २७ ।
विराटनगरमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ ।घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply