play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आफुलाई डीएसपी बताउदै  हिड्ने पक्राउ

0

पौष २७ ।

नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा शुक्रबार पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई बिहीबार राति ११ बजे कमलादीमा रहेको तिरुपति होटलको २०३ नम्बरको कोठाबाट पक्राउ गरेको हो ।बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्ने र महिलाहरुमाथि दुर्व्यवहारसमेत गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नायव उपरीक्षक बोगटीले उनलाई डिएसपी हूँ भन्दै कीर्ते गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

Share.

Leave A Reply