सरकारले बेरोजगार युवाहरुलाई रोजगार दिनुपर्छःपोख्रेल

0

जिबन रानाभाट,
पौष २७ चितवन ।
नेपालले मृत्युदण्ड सम्बन्धि कानुन बनाउन नसक्ने चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एबम कानुन न्याय तथा मानब अधिकारि समितिका सभापति कृष्णभक्त पोख्रेलले बताउनुभएको छ। मृत्युदण्डको अन्तराष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरिसकेको बताउदै उहाले विभिन्न सांसदले संसदमा बोल्ने मृत्युदण्ड देउ भन्ने कुरा गलत भएको बताउनुभयो।आज नेपाल पत्रकार महासंघ चितवनको संयोजनमा कानुन निर्माणका बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोख्रेलले सरकारले बेरोजगार युवाहरुलाई रोजगार दिनुपर्ने बताउनुभयो । कुनैपनि नागरिकलाइ रोजगारी छैन भने रोजगारी राज्यले दिनुपर्ने बताउदै उहाले यस सम्बन्धि रोजगारी एन २०७५ पारित भैसकेको बताउनुभयो । यदि सरकारले १०० दिनको पनि रोजगारी दिन नसकेको खण्डमा १०० दिनको ५० प्रतिशत तलब निर्बाहा भत्ता भनेर दिनुपर्ने बताउनुभयो। यो नियम नेपालको इतिहासमा पहिलो पटक भएको भन्दै उहाले यो नियमले धेरै नेपाली जनतामा खुसिवाली छाउने बताउनुभयो ।असोज २ गतेको संसदमा विभिन्न १६ वटा एन पास भएको जानकारी दिदै उहाले १६ मध्ये १४ वटामा संसोधन गरिएको बताउनुभयो । संबिधानमा बाझिएका १९३ वटा कानुन संशोधन गर्न लागिएको जानकारी दिदै पोख्रेलले फागुन २० गते सम्म नया कानुन बनिसक्नु पर्ने यदि त्यो दिन सम्म कानुन नबनेको खण्डमा स्वत हट्ने बताउनुभयो । कानुन निर्माणमा भएको प्रगतिका बिषयमा आयोजित पत्रकार सम्मेलनमा उहाले सरकारले ८ कक्षासम्म नपढेकाले चुनाब लड्न नपाउने नियम बनाएको बताउनुभयो । पछिल्लो समय जातजातिका बिषयमा भैरहेको घटना प्रति सरकार गम्भीर रहेको भन्दै उहाले यदि कसैले जातजातिका बिषयमा विभेद गर्छ उसलाई अधिकतम १० बर्ष सम्म जेल हुने चेतावनी दिनुभयो ।शक्तिखोर देखि पिÞmस्लिङ्गसम्म को बाटो २ बर्ष भित्र गुणस्तरीय हुने बताउदै उहाले चितवनको बिकाशमा आफ्नो धेरै समर्थन रहने बताउनुभयो ।

Share.

Leave A Reply