play_circle_outline On Air

गोल्डेन कलेक्सन

play_circle_outline On Air

गोल्डेन कलेक्सन

खप्तड गोल्डकपमा च्यासल क्वार्टरफाइनलमा

0

पौष २७ ।
धनगढी । अर्मान्ड मोएनको ह्याट्रिकमा च्यासल सुदूर पश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा दिल्ली एफसीमाथि ६(० को अन्तरमा जित निकाल्दै च्यासलले अन्तिम ८ मा स्थान बनाएको हो ।
धनगढी रंगशालामा भएको खेलमा च्यासलका लागि अर्मान्डको ह्याट्रिकसँगै संजोग राई, हेमन्त थापा र सन्तबहादुर गुरुङले गोल गरेका थिए ।

संजोगले १४औं मिनेटमा गरेको गोलबाट खाता खोलेको च्यासलले मध्यान्तरअघि नै ३–० को अग्रता लिइसकेको थियो ।

खेलको म्यान अफ दी म्याच घोषित अर्मान्डले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । क्वार्टरफाइनलमा च्यासलले ‘ए’ डिभिजन लिगको प्रतिद्वन्द्वी थ्री स्टार क्लबको सामना गर्नेछ ।

Share.

Leave A Reply