play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

बसको ठक्करबाट चित्तलको मृत्यु

0

चितवन,२६,पुस ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा मिनी बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ । लु१ख ६९९१ नंको बसको ठक्करबाट चित्तलको मृत्यु भएको हो ।

मृत्त चित्तललाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिइएको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज र महाभारत चुरे जोड्ने करिडोर क्षेत्र वन्यजन्तुका लागि असुरक्षित बन्दै गएको छ । चालकले आवश्यक सावधानी नअपनाउँदा सवारीसाधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । रासस ।

Share.

Leave A Reply