play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

दन्त परीक्षण शिविर सम्पन्न

0

पौष २६, भरतपुर ।

भरतपुर १२ मुनाल चोकमा रहेको किड्स वल्र्ड मन्टेश्वरीमा दन्त परीक्षण शिविर सम्पन्न भएको छ । मन्टेश्वरीमा गरिएको निःशुल्क दन्त शिविरमा त्यहाँ अध्ययन गर्ने ५५ जना बालबालिकाहरुको दाँतको परीक्षण गरिएको हो । कार्यक्रममा श्री डेन्टल क्लिनिककी दन्तरोग विशेषज्ञ डाक्टर पुजा कोइराला पोखरेलले दन्त रोगको बारेमा अभिभावकलाई परामर्श प्रदान गर्नुभएको थियो । उहाँले बाङ्गो नमिलेको दातहरुको उपचारबारे जानकारी दिँदै वर्तमान समयमा बालबालिकाले प्रयोग गर्ने निप्पल र मुखमा लागेको खानेकुरा मुखमा नै रहने भएकाले बच्चाहरूको दाँतमा असर पर्नेगरेको बताउनुभयो। मन्टेश्वरीमा हाल ७ जना शिक्षिकाहरूबाट बालबालिकाको स्याहारसुसार गर्ने गरिएको प्रधानाध्यापक निरु खतिवडाले बताउनुभयो ।

Share.

Leave A Reply