play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

परिमार्जित भिडियो लिएर आए शिरीष (भिडियो सहित)

0

 

पौष २६,

गायक शिरीष देवकोटाको संगीत तथा उनकै शब्द रहेको अन्तिम भेट बोलको गीती भिडियो सार्वजनिक गरिएको छ । सेन्टिमेन्टल विघाको सो गीतको भिडियो गुरुआमा फिल्मस्को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा देवकोटासँगै गायिका विष्णु माझीको पनि स्वर रहेको छ । म्युजिक भिडियोमा अभिनय भने आशिर प्रताप जंग र सञ्चिता शाहीको रहेको छ । गीतको अडियो ७/८ वर्ष अगाडी नै सार्वजनिक भइसकेको भएतापनि म्युजिक भिडियो भने पुनः निर्माण गरिएको गायकले बताए । गायक देवकोटाले ‘म त आउने थिइँन’, ‘नजरैको भर’, ‘दुर्गा हौ कि भवानी’, लगायत ५० बढी गीतहरू गाइसकेका छन् ।

 

Share.

Leave A Reply