play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

चितवन महोत्सवमा मेड इन नेपाल

0


शिव गौतम
पौष २६, भरतपुर ।
चितवन महोत्सव परिसरमा रहेको मेड इन नेपाल एक्स्पोको आज उद्घाटन गरिएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रिबन काटेर एक्स्पोको उद्घाटन गर्नुभएको हो । एक्स्पोमा रहेका स्टलहरूको अवलोकन गर्ने क्रममा उहाँले स्वदेशमा बनेका सामग्रीहरूको प्रवद्र्घनमा एक्स्पोले भूमिका खेल्ने बताउनुभयो । हाल देशले ५ प्रतिशत मात्रै निर्यात गर्ने गरेको भन्दै उहाँले स्वदेशमा उत्पादन कसरी बढाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । चितवन महोत्सव सुरु हुनु अघि नै एक्स्पोको चर्चा चुलिएको थियो । एक्स्पोमा लत्ताकपडा, ब्लक, टायल्स, लगायतका २२ निर्माण कम्पनीहरूको स्टल रहनेछ ।

Share.

Leave A Reply