play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

0

पौष २६ ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो ।

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे ।

उनले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रुपमा हेर्न आमजनता समक्ष आग्रह गरे ।

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गगरेका थिए । यस पटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गरेका राष्ट्रपति काबिला उम्मेदवार बनेका थिएनन् ।

‘चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,’ फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भने । खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो सङ्कट देखिएको थियो ।

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।

‘कूल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स शिशेकेडी कङ्गोको राष्ट्रपतिमा चयन हुनुभएको छ,’ स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भने ।

बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुशीयाली व्यक्त गर्न थालिएको छ । ‘म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उनलाई कहिल्यै बैरीका रुपमा हेर्ने छैनौं । उनलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,’ शिसेकेडीले यूडीपीएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने ।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गरेका थिए । उनले करिब २४ प्रतिशत मत प्राप्त गरेका थिए ।

Share.

Leave A Reply