play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

जमिनमा टाउको लुकाउने एक जीवलाई दिइयो डोनाल्ड ट्रम्पको नाम

0

पुस ०५, नयाँ पत्ता लागेको एक उभयचर जीवलाई अमेरिकी राष्ट्रपतिको नाम दिइएको छ । माटोमुनि टाउको लुकाउने यो जीवको नाम ट्रम्पले जलवायु परिवर्तनमा असर पर्ने नीति लिएको विरोधमा दिइएको बताइएको छ । पानामामा भेटिएको जीवको नामको राख्न पाउने अधिकारका लागि एक लिलामी गरिएको थियो । उक्त लिलामीमा २५,००० अमेरिकी डलर बोली लगाउने ‘इन्भाइरोन्–बिल्ड’ का प्रमुखले जीवको नाम ‘डरमोफिस डोनाल्डट्रम्पी’ राखेका हुन् । कम्पनीले मौसम परिवर्तन बारेमा जनचेतना बढाउन यो कदम चालेको बताएको छ । ‘डोरमोफिस डोनाल्डट्रम्पीमा जलवायु परिवर्तनको सीधा असर पर्नेछ । उसलाई नाम दिइएको राजनीतिज्ञको गलत जलवायु नीतिको उ लोप हुने खतरामा छ,’ एक विज्ञप्तिमा इन्भाइरोन्–बिल्डका सहसंस्थापक ऐडन बेलले भनेका छन् ।
सानो,आँखा नदेख्ने र विशेष गरेर जमिनमुनि बस्ने यो जीव ‘सीसीलीएन’ प्रजातिमा पर्छन् ।

बेलले विज्ञप्तिमा यो जीव र डोनाल्ड ट्रम्पको व्यवहारबीच तुलनासमेत गरेका छन् । ‘डोनाल्ड ट्रम्पको जमिनमुनि टाउको लुकाउने कार्यले गर्दा उनले वैज्ञानिकहरूबीच आम सहमति रहेको मानवीय क्रियाकलापले पार्ने जलवायु परिवर्तनलाई अस्वीकार गर्न सकिरहेका छन्,’ वेलले विज्ञप्तिमा लेखेका छन् । विश्वका प्रमुख वैज्ञानिकहरू जलवायु परिवर्तन मुख्यतः मानवीय क्रियाकलापको असरले हुने कुरामा सहमत छन् । तर ट्रम्पले मौसम वैज्ञानिक समुदायलाई ‘राजनीतिक एजेन्डा’ बोकेको आरोप लगाउने गरेका छन् । उनले पृथ्वीको तापक्रम बढाउन मानवीय क्रियाकलाप जिम्मेवार भएकोप्रति शङ्का व्यक्त गरेका छन् । उनको प्रशासनले धेरै कार्वनडाइअक्साइड उत्सर्जन गर्ने जिवाष्मा–केन्द्रित ऊर्जाको एजेन्डा पछ्याइरहेको छ ।

Share.

Leave A Reply