play_circle_outline On Air

नाइँट शो

play_circle_outline On Air

नाइँट शो

गुरुकुल स्थापनाका लागि लंकुमा धनधान्याचल सुरु

0

पुस १,चितवन

भरतपुर महानगरपालिका – ४ लंकुमा वैदिक सनातन धर्मको संरक्षण गर्दै बालबालिकाहरुमा आधुनीक शिक्षा र गुरुकुल संस्कारको विकास गर्दै गोपाल गुरुकुल सञ्चालन गर्ने उदेश्यले श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल विराट् ज्ञानमहायज्ञको सुरु भएको छ ।  मठमन्दिर, आवस सहितको अनाथालय, पाठशाला, सत्सङ्ग भवन, गौशाला, योगशाला संगै समग्र मानव कल्याणको लागि गुरुकुल निर्माण गरि चितवनमा नारायणी धाम स्थापनाको उदेश्यल आज (आईतवार) बाट ज्ञानमहायज्ञ शुरु गरिएको हो ।

ज्ञानमहायको उद्घाटन गदै श्रीहरिहर सन्यास आश्रम देवघाटका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले हिन्दु सनातन धर्मको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हिन्दु धर्म संसार चलाउने एउटा कानुन भएको र यसलाई रक्षा गर्नु हाम्रो कर्तव्य भएको भन्दै हिन्दु धर्मलाई जोगाइ राख्न पनि गुरुकुलको आवश्यक पर्ने भएकोले सम्पूर्ण भक्तजनमा गुरुकुललाई सहयोग गर्न आहवान गर्नु भयो ।

पौष १ गते देखि ८ गते सम्म संञ्चालन हुने ज्ञान महायज्ञ को युवा पण्डित दिनवन्दु पोखरेलले श्रीमद् भागवत कथा वाचन गर्ने गनुहुनेछ । ज्ञानमहाय भरी चौरासी पूजा, दीप प्रज्ज्वलन, भूमिदान, तुलादानलगायतका विभिन्न कार्यक्रम गर्न सकिनेछ गोपाल गुरुकुल कल्याण संस्थाका अध्यक्ष एवम् महायज्ञ मुल समारोह समितिका संयोजक काशिराम गौतमले जानकारी दिनुभयो ।

Share.

Leave A Reply