नीलकण्ठ मन्दिरमा महायज्ञको पाँचौ दिन, ११ लाख बढि संकलन

0

पौष १,चितवन-

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको नीलकण्ठ शिव मन्दिरमा संचालन भएको श्रीमद्भगवद्गीता ज्ञानविज्ञान महायज्ञको आज ( आईतवार) पाँचौ दिन सम्म आईपुुग्दा ११ लाख भन्दा बढि आर्थिक संकलन भएको छ ।

मन्दिरको कलात्मक पुनर्निर्माणलगायत विभिन्न कामहरु गर्नका लागि मंसिर २६ गते विवाह पञ्चमीको दिनदेखि मन्दिरमा महायज्ञमा सुरु गरिएको थियो । महायज्ञमा प्रमुख वाचकको रुपमा पूर्वीय दर्शनका व्याख्याता युवा सन्त चैतन्य कृष्ण रहनु भएको छ ।  महायज्ञबाट बचत भएको पैसाले गुरु आश्रम निर्माण गर्ने, व्यवस्थित पुस्तकालय सञ्चालन गर्ने, मन्दिरलाई ठूलो बनाउँदै भक्तजनहरुले सहज रुपमा पूजा गर्ने व्यवस्था मिलाउने कामहरु गरिने महायज्ञका महासचिव हरिहर दवाडीले जानकारी दिनुभयो ।
श्रीमद्भगवद्गीता ज्ञानविज्ञान महायज्ञ सुरु भएपछि दैनिक रुपमा बिहान ६ देखि ८ बजेसम्म देव पूजन, ८ देखि ११ बजेसम्म पाठ पारायण, १२ देखि ४ बजेसम्म श्रीमद्भगवद्गीता ज्ञानविज्ञान प्रवचन, ४ देखि साढे चार बजेसम्म आरती तथा प्रसाद वितरण र साँझ साढे ७ देखि साढे ९ सम्म भजनकीर्तन भै रहेकोछ । श्रीमद्भगवद्गीता ज्ञानविज्ञान महायज्ञ पुष ३ गते गीता जयन्तीको दिन सम्म संचालन हुनेछ ।

Share.

Leave A Reply